घाँस काट्दा भिरबाट लडेर ईश्वर धरलाको निधन, बृद्ध हरिलालले बुझे बीमा बापतको रकम

२६ असार २०७८, शनिबार १८:११

बझाङ । बीमा जनचेतना विकट गाउँबस्तीमा पुग्न थालेपछि यसबाट लाभ लिने सर्वसाधारणको संख्या बढ्दै गएको छ । पछिल्लो केही वर्षदेखि नेपालको विकट ग्रामिण भागमा समेत बीमाको प्रचार प्रसार पुगेका कारण न्यून आय भएका किसान, गरिबका झुपडीहरुमा समेत बीमा गर्ने क्रम बढ्दै छ । ग्रामिण क्षेत्रमा बीमाको पहुँच विस्तार भएसँगै सामान्य आम्दानी भएका किसानहरुले समेत बीमा गर्ने क्रम बढिरहेको छ । ग्रामिण क्षेत्रमा बीमा गर्नेक्रम बढेसँगै बीमा दावी भुक्तानी समेत बढेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स विकट हिमाली जिल्लामा पहुँच विस्तार गरेका कारण घाँस काट्दा काट्दै लडेर निधन भएका ईश्वर धरालामा आश्रित परिवारले दावी भुक्तानी प्राप्त गरी आर्थिक रुपमा रक्षावरण सम्भव भएको छ । बझाङ जिल्लाको तल्कोट गाँउपालिका ५ का ईश्वर धरालाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा एक लाख ५० हजारको १५ बर्षे जीवन बीमा गरेका थिए । गाउँमा सामान्य खेती किसानी र पशुपालन गर्दै आएका धरालाको आम्दानी सामान्य थियो । सामान्य आम्दानी भएर पनि उनले एक लाख १५ हजार रुपैयाँ बीमाङ्कको जीवन बीमा गराएका थिए । दैनिक मेहनत गरेर कृषि उत्पादन तथा पशु अन्तर्गत गाई खसी बोका बिक्रीबाट आम्दानी गर्दै दुई वर्षको किस्ता बापत २० हजार रुपैया जीवन सन नेपाल लाइफ इन्स्योरेन्समा बचत गरिसकेका थिए ।

संयोग सधैं आफैले भनेको जस्तो कहाँ हुन्छ र ? धरालाको जीवनमा नयाँ मोड आयो । २०७६ को कात्र्तिक महिनामा घाँस काटने क्रममा उनी भिरबाट लडे र आफू अनि परिवारको जीवन निर्वाह मुखी घाँस काट्ने काम त्यही दिनबाट समाप्त भयो । उनमा आश्रित परिवार कमाई गर्ने अभिभावकको निधन पछि अन्योलमा परे । बृद्ध बुवाको काँधमा पुनः जिम्मेवारी थपियो । तर, ईश्वरले बचतसँगै जोखिम बहन हुने गरी जीवन बीमा गरेका कारण उनमा आश्रित परिवारले आर्थिक रुपमा केही लाभ भने गरेका छन् । बीमा दावी भुक्तानी प्राप्त गर्न निकै विधि र प्रक्रिया र लकडाउनको सामना गर्नुपर्यो ।

सन नेपाल लाईफमा बीमा गरेर ईश्वर धरलाले बचत मात्रै गरेका थिएनन् । कुनै कारणबश आफ्नो निधन भएमा आश्रित परिवारलाई समेत आर्थिक रुपमा रक्षावरण होस् भन्ने उद्देश्यले जीवन बीमा गरेका थिए ।

आवश्यक अण्डराईटिङ सम्बन्धी प्रक्रिया पूरा गरी ईश्वर धरलाको बृद्ध बुवा हरिलाल धरालाले जीवन बीमा बापतको रकम बुझेका छन् । बुधवार आयोजित एक कार्यक्रमका बीच सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रवन्धक दिपेन्द्र शाह र बीमा अभिकर्ता रुपा सिंहले मृतकका बुबा हरिलाल धरालालाई तीन लाख १२ हजार ९ सय रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

बीमा बापतको रकम बुझेपछि निकै भावकु हुँदै हरिलालले छोराले संसार छोडेर गएपनि जीवन बीमा गरेकाले बुढेसकालको साहारा बनेको प्रक्रिया दिएका छन् ।

One thought on “घाँस काट्दा भिरबाट लडेर ईश्वर धरलाको निधन, बृद्ध हरिलालले बुझे बीमा बापतको रकम

  1. केपी अधिकारी says:

    २०७६ कार्तिक को दाबी भुक्तानी २०महिना मा गरी कंपनि ले आफ्नो सेवा निकै सरल र छिटोछरितो भएको पुष्टि गर्न मिडिया वाजी समेत गरेछ। यस्तै छिटो दावी भुक्तानी सबै कंपनि ले गरे भने आम नागरिकको बीमा प्रतिको मोह कस्तो होला?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*