बीमा कम्पनीद्वारा जीवन बीमालेख सम्बन्धी निर्देशिका अपव्याख्याको प्रयास

२७ असार २०७८, आईतवार ०९:२१

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमा समितिले हालै जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ को अपव्याख्या गर्ने प्रयास गरेका छन् । बीमा समितिले गत बुधबार जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिकाले समर्पणमूल्य पाउने समय दुई वर्षबाट बढाएर तीन वर्ष पुर्याएको थियो ।

बीमा समितिको उत्तफ् निर्णय कार्यान्वयनको त्रफ्ममा बीमा कम्पनीहरुले उत्तफ् नयाँ निर्देशिका जारी हुनुपूर्व (बुधबार भन्दा पहिले) जारी भएका बीमा पोलिसीहरुको समेत समर्पण मूल्य तीन वर्ष कायम हुने परिपत्र गरेका छन् । नेपालमा सञ्चालित अधिकांश बीमा कम्पनीहरुले बुधबारदेखि नै सबै बीमा पोलिसीहरुको समर्पण मूल्य तीन वर्ष पूरा भएपछि मात्रै पाउने भन्दै परिपत्र गरेको पाइएको छ ।

जीवन बीमा कम्पनीहरुसँग प्रतित्रिफ्या माग्दा अहिले छलपफ्लकै चरणमा रहेकोले अहिले नै यसै भन्न नसकिने प्रतित्रिफ्या दिएका छन् । जीवन बीमा कम्पनीहरुले मातहतका शाखा कार्यालयहरुमा बुधबारदेखि नै समर्पणमूल्य पाउन तीन वर्ष पुग्नै पर्ने परिपत्र गरेपछि ऋण लिने तयारीमा रहेका बीमितहरुको काम रोकिएको छ । बुटवलका बीमित प्रल्हाद घिमिरेले दुर्ई वर्ष पुगेको बीमा पोलिसी धितोमा ऋण लिन जाँदा कम्पनीले पर्फ्काइदिएको गुनासो गरेका छन् ।

बीमा समितिले जारी गरेको निर्देशिका असार २३ गते बुधबारदेखि लागू भएको हो । त्यसअघि जारी भएका बीमा पोलिसीहरु (करार) उत्तफ् पोलिसीमा उल्लेख भएको करार बमोजिम नै दुई वर्षमा समर्पण मूल्य पाउनुपर्ने हुन्छ । बीमा समिति स्रोतले पनि बीमा भनेकै करार भएकोले कानुन बमोजिम करार अनुसार हुने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*