बीमा समितिबाट हिमालयन रिले पायो पुनर्बीमाको लाइसेन्स

२७ असार २०७८, आईतवार ११:०२

काठमाडौं । बीमा समितिले हिमालयन रि लिमिटेड नामक कम्पनीलाई पुनर्बीमा व्यवसाय गर्न पाउने गरी लाइसेन्स दिएको छ । बीमा समितिबाट हिमालयन रिले पुनर्बीमाको लाइसेन्स पाएको जनाएको छ । एक साता पहिले हिमालयन रि लाई लाइसेन्स दिइएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए ।

कालोधनको लगानी रहेको हिमालयन रिका मुख्य लगानीकर्ता सुलभ अग्रवाल हुन् । शंकर अग्रवालका दुई भाइ छोराहरु सुलभ र साहिल अग्रवालको मात्रै हिमालयन रिमा दुई अर्ब ३३ करोड रुपैयाँको लगानी रहेको छ । हिमालयन रि नाम कम्पनीलाई लाइसेन्स दिँदा अर्बौ रुपैयाँ भ्रष्टाचार भएको भन्दै संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुन्धान आयोगमा कांग्रेस, माओवादी केन्द्र तथा एमालेका माधव नेपाल पक्षधरले उजुरी दिइसकेका छन् ।

अधिकृत पुँजि १० अर्ब रहेको हिमालयन रिमा संस्थापक शेयरधनीहरुको सात अर्ब रुपैयाँ लगानी रहेको छ । बीमा समितिले गत बैशाख १६ गते सार्वजनिक सूचनामार्फत एक वटा पुनर्बीमाको लाइसेन्सको लागि खुल्ला प्रस्ताव आह्वान गरेको थियो । बीमा समितिले सूचना प्रकाशन गरेको दुई महिनामा नै लाइसेन्स वितरण गरेको हो । बीमा समितिमा राजनीतिक नियुक्ती लिएर आई सेटिङमा लाइसेन्स वितरण गर्ने चलन नै बनिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*