नेको इन्स्योरेन्सको बार्षिक साधारणसभा असार ३१ गते, एजेण्डाहरु यस्ता छन्

२७ असार २०७८, आईतवार १२:२९

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले असार ३१ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले १५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर तिर्न ० दशमलव ८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।सभा कम्पनीको भवन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

कम्पनीले हाल कायम रहेको १ अर्ब ३१ करोड ७४ लाख ३२ रुपैयाँ चुक्ता पुँजीमा यो बोनस सेयर प्रस्ताव गरेको हो । प्रस्तावित बोनस शेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ५२ करोड १६ लाख रुपैयाँ पुग्नेछ । सभामा जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि अघि बढाईने भएको छ।

यस्तै, आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि असार १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ। असार १७ गतेसम्म कायम रहेका शेयरधनीलेमात्र सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*