यूनियन लाइफको सिईओमा कर्ण पुन :नियुक्त, बीमा समितिबाट आयो स्वीकृति

२७ असार २०७८, आईतवार १७:५३

काठमाडौं । बीमा समितिले यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णलाई पुन : नियुक्त गर्न अनुमति दिएको छ। समितिले कम्पनीका सिईओ कर्णको दोस्रो कार्यकाल थप गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

कम्पनीको संचालक समितिको सम्पन्न बैठकले कम्पनीको सिईओ कर्णलाई साउन एक गतेदेखि लागु हुने गरि थप कार्यकाल नियुक्त हुने निर्णय गरेको थियो । कम्पनीको सिईओ कर्णको कार्यकाल असारमसान्तसम्म रहेको हुँदा संचालक समितिको निर्णयले उनलाई थप कार्यकाल नियुक्त गर्ने निर्णय गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*