एनएलजी इन्स्योरेन्सको साधारण सभा साउन २१ गते तोकियो, लाभांश वितरण प्रस्ताव पारित हुने

२८ असार २०७८, सोमबार १३:००

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औं वार्षिक साधारण सभा साउन २१ गते हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

कम्पनीको असार २७ गते बसेको संचालक समितिको ३२९ औं बैंठकको निर्णयअनुसार साउन २१ गते बिहिबार बिहान १० बजे कम्पनीको रजिष्टर्ड कार्यालय पानीपोखरी, काठमाडौंमा वार्षिक साधारण सभा हुने भएको हो ।

सो सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत हुने आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी स्वीकृत गर्ने, २०७६ साउन १ देखि २०७७ असार मसान्तसम्मको नाफा–नोक्सानको हिसाव र आव २०७६/०७७ को मुनाफाबाट ५७ लाख ७० हजार ३९७ रुपैयाँ (०.५२६३) प्रतिशत नगद लाभांश स्वीकृत गर्ने एजेण्डाहरु रहेका छन् ।

साथै आ.व. २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, संचालक समितिले प्रस्ताव गरेबमोजिम आव २०७६/०७७ को संचीत मुनाफाबाट चुक्तापूँजी एक अर्ब ९ करोड ६३ लाख ७५ हजार ५ रुपैयाँको १० प्रतिशतका दरले १० करोड ९६ लाख ३७ हजार ५५० बराबरको बोनस वितरण गर्ने एजेण्डा रहेको छ ।

सो सभामा उपस्थिति प्रयोजनका लागि साउन १४ गते एक दिनका लागि कम्पनीको शेयरधनी दर्ता किताब (बुकक्लोज) बन्द गरिनेछ । जसअनुसार साउन १४ गतेभन्दा अघिसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरुले मात्र सभामा उपस्थिति जनाउन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*