सानिमा लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

२८ असार २०७८, सोमबार २०:०२

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको क्षेत्रिय कार्यालय धनगढीले मृतकको परिवारलाई बीमा वापतको दाबी हस्तान्तरण गरेको छ ।

कम्पनीले आफ्नो बीमित स्व. कृष्ण सिंह साउदको छोरा हरिश सिंह साउदलाई मृत्यु दाबी भुक्तानी बाफत ६ लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

स्व बीमितले २०७७ चैत २७ गते ३ लाख रुपैयाँको बीवन बीमा बाफत २१ हजार २०९ रुपैयाँ बीमा शुल्क कम्पनीमा बुझाएका थिए । निजको बीमा गरेको १८ दिनमै भारतको चम्पावत मा मजदुरी गर्ने क्रममा मृत्यु भएको थियो । लामो लकडाउनका कारण दाबीकर्ताले भारतबाट आवश्यक कागजात २०७८ असार १७ गते कम्पनीमा बुझाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*