जीवनसाथीलाई सवा करोडको जीवन बीमा पोलिसी उपहार

२९ असार २०७८, मंगलवार ०९:३९

बुटवल । जीवन बीमा आम जनताको दैनिकीसँग जोडिने क्रम जारी छ । अमूल्य जीवनमा बचत र दुर्घटनावश हुने मृत्युमा आर्थिक रक्षावरणलाई आम जनताले खुशीसँग साट्ने अभ्यास बढ्दै जाँदा जीवन बीमाको पहुँच गाउँका दुर दराजदेखि सम्पन्नशालीहरुको घरमा प्रवेश गर्न थालेको छ ।

यसैक्रममा बुटवलमा एक दम्पत्तिले बैवाहिक दिवसको अवसरमा सवा करोड रुपैयाँका जीवन बीमा पोलिसी उपहार दिएर भविष्य अझै सुनिश्चित गरेका छन् । बुटवल चाँदबारी निवासी सुशिला कँडेलले आफ्ना पति सन्तोष कँडेललाई एक करोड २५ लाख बराबरको सुरक्षा हुने जीवन बीमा पोलिसी उपहार दिएकी हुन् ।

सूूर्या लाइफ इस्योरेन्सको बुुटवल शाखामार्फत जीवन बीमा पोलिसी खरिद गरी कँडेल दम्पत्तिले आर्थिक रुपमा आफ्नो भविष्य अझै सुनिश्चित गरेका छन् । गत वर्ष मात्रै विवाह बन्धनमा बाँधिएको उक्त जोडीकी सुशिलाले जीवन साथीलाई पहिलो विवाह बर्षगाँठमा उपमहार स्वरुप सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ‘सूर्या बार्षिक अग्रिम भुक्तानी’ नामक जीवन बीमा पोलीसी उपहार दिएकी हुन् ।

पछिल्लो समय सूूर्या लाइफ इन्स्योरेन्स बुुटवल शाखाले बीमा व्यवसायमा छलाङ मार्दैछ । सो कम्पनीको बुटवलस्थित शाखा कार्यालयका बजार विभागका कर्मचारी उत्तम परियारले जीवन बीमा पोलिसी उपहार दिने क्रम बढेको जानकारी दिए । साथै उनले पछिल्लो समय बुटवल शाखामा जीवन बीमाका लागि बीमितहरु आउने क्रम समेत बढेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*