यूनियन लाइफको आइपीओ हितग्राही खातामा, कति पाउला ओपनिङ रेञ्ज ?

१७ श्रावण २०७८, आईतवार १३:११

काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ डिम्याट खातामा आएको छ । कम्पनीको आईपीओ यूएलआई स्टक कोडबाट डिम्याट खातामा देखिएको हो ।

अब कम्पनीको आइपीओ नेप्से सूचिकृत प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ११५ रुपैयाँ १३ पैसादेखि ३४५ रुपैयाा ३९ पैसा पाउने देखिएको छ । कम्पनीको आव २०७६/७७ को वास्तविक प्रतिशेयर नेटवर्थ ११५ दशमलव १३ रुपैयाँ रहेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि वास्तविक नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकोले उक्त रेञ्ज पाउने देखिएको हो ।

कम्पनीले असार २४ गतेदेखि असार २८ गतेसम्म ६४ लाख ५० हजार कित्ता आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीले असार ३१ गते आईपीओ बाँडफाँड गरेको थियो । उक्त आईपीओका लागि योग्य २१ लाख १२ हजार ७९९ आवेदनमध्ये गोलाप्रथाद्वारा ५ लाख ८० हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*