बीमा सचेतनाका लागि बीमा समितिले चार स्थानिय तहमा अन्तक्रिया कार्यक्रम संचालन गर्दै

१७ श्रावण २०७८, आईतवार १३:५२

काठमाडौं । बीमा समितिले बीमा सचेतनाका लागि भोलिदेखि चार स्थानिय तहमा बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम संचालन गर्ने भएको छ। समितिका निर्देशक दिनेशलाल कर्णको नेत्तृवमा प्रदिप गौतम र शिव प्रसाद खनालले तराईको चारवटै जिल्लामा भोलिदेखि कार्यक्रम संचालन गर्ने भएको हो ।

बीमा समितिले चालु आर्थिक बर्षमा बीमाको पहुँच ३३ प्रतिशत पुराउने लक्ष्यमा विभिन्न स्थानिय तहसँग यसअघि पनि विभिन्न जिल्लाहरुमा अन्तक्रिया कार्यकम संचालन गर्दै आईरहेको छ।भोलिदेखि संचालन हुने अन्तक्रिया कार्यक्रममा स्थानीय निकायका मेयर, उपमेयर र वडादक्ष्य एवं जनप्रतिनिधिहरु, बैंक बीमा कम्पनीका स्थानिय तहमा रहेका शाखा कार्यालयका प्रमुखहरु, शिक्षक, स्थानीय उद्योगी व्यापारी, बीमा अभिकर्ता,कषक एवं सर्वसाधारणहरुको सहभागिता रहने बीमा समितिले जनाएको छ।

समितिले साउन १८ गते (भोलि) सर्लाही जिल्लाको मंगलवा नगरपालिकामा , २० गते रौतहट जिल्लाको गौर नगरपालिकामा , २२ गते रौतहट जिल्लाको गरुडा नगरपालिका र २४ गते सर्लाही वरहथवा नगरपालिकामा संचालन गर्ने भएको छ।कार्यक्रममा प्रत्येक स्थानिय तहमार्फत मेयर प्रमुख अतिथि, उपमेयर विशिष्ट अतिथि र वडाअदक्ष्य अतिथिको रुपमा उपस्थित हुने छ ।

भोलिदेखि सुरु हुने कार्यक्रममा समितिका निर्देशक कर्णले बीमा सम्बन्धी प्रस्तुती दिने छन् । साथै उक्त कार्यक्रममा स्थानिय तहका गुनासो तथा सुझावलाई मनन गर्दै आगामी दिनमा समितिले आफ्नो नीति तथा कार्यक्रममा समेट्नु पर्ने देखेमा सुझावको रुपमा समितिमा पेश गरिने बीमा समितिले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*