सन नेपाल लाइफको नयाँ बीमा योजना सार्वजनिक, बीमांक रकमको साढे दुई गुणासम्म दावी भुक्तानी

१७ श्रावण २०७८, आईतवार १७:२०

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले सामान्य मृत्युमा १ दशमलव ५ गुणा र दूर्घटनाबाट हुने मृत्युमा २ दशमलव ५ गुणासम्म सुरक्षण दिने सन लाइफ सर्वाधिक सुनौला जीवन बीमा योजना ल्याएको हो । यस योजना अन्तर्गत किरिया खर्च सुविधा समेत पाईने व्यवस्था गरिएको छ।

यस बीमा योजना सरिक हुनका लागि बीमितको उमेर कम्तिमा १८ वर्ष भएको हुनुपर्नेछ भने अधिकतम ५५ वर्षसम्म उमेर हुनुपर्दछ । साथै यस योजना अन्तर्गत न्युनतम बीमाङक रकम २ लाख हुनुपर्नेछ भने अधिकतममा कुनै हद छैन् ।

कम्तिमा १० वर्ष अवधिको लागि यस बीमा योजना खरिद गर्न सकिनेछ भने अधिकतम बीमा अवधि २० वर्षको रहेको कम्पनीले जनाएको छ ।यस योजना अन्तर्गत बीमा अवधि समाप्तिमा आर्जित बोनस र बीमाङ्क रकमको १४० प्रतिशत सम्म भुक्तानी पाइनेछ । जसमा १० वर्ष अवधिको बीमा गराउँदा समय अवधि समाप्तपछि १२५ प्रतिशत, १५ वर्ष अवधिको बीमा गराउँदा १३० प्रतिशत र २० वर्ष अवधिको बीमा गराउँदा १४० प्रतिशत सम्मको भुक्तानी पाइने व्यवस्था गरिएको छ ।

साथै बोनश र बीमाङक रकमको १५० प्रतिशत मृत्यु दाबी भुक्तानी पाइने, ५० लाखसम्मको दुर्घटना मृत्यु लाभ पाइने, ५० हजारसम्मको किरिया खर्च पाइने, बीमाशुल्क भुक्तानीमा छुट पाइने, वार्षिक भुक्तानीमा २ प्रतिशत,अर्धवार्षिक भुक्तानीमा १ प्रतिशत छुट र ५ लाख रुपैयाँ देखि बीमांङ्क रकममा १ प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*