आजदेखि दोस्रो बजारमा यूनियन लाइफको शेयर कारोबार खुल्ने, कतिमा हुँदैछ कारोबार

१८ श्रावण २०७८, सोमबार ०७:२२

काठमाडौं । आजबाट यूनियन लाइफ इन्स्योरेन्सको दोस्रो बजारमा शेयर कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएसँगै आजबाट कम्पनीको शेयर कारोबार खुल्ने भएको हो ।

नेप्सेमा हिजो कम्पनीको २ करोड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । अब बजार खुल्ने अवधिबाट दोस्रो बजारमा कारोबार सुरू हुनेछ ।

One thought on “आजदेखि दोस्रो बजारमा यूनियन लाइफको शेयर कारोबार खुल्ने, कतिमा हुँदैछ कारोबार

  1. Lekh Nath chaudhary says:

    Share hold garera rakhda kheri nafa hunxa ki ghata…ani share bechenau vane k hunxa.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*