जनरल इन्स्योरेन्सद्वारा समाचारको खण्डन, विश्वसनीय सेवा दिने प्रतिबद्धता

१८ श्रावण २०७८, सोमबार १५:३०

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले सो कम्पनीका सम्बन्धमा बीमापोष्टमा प्रकाशित समाचारको खण्डन गर्दै झूठा र भ्रामक समाचार प्रकाशित भएको जनाएको छ ।

सो कम्पनीले ‘सूचना अधिकारी’ मात्रै उल्लेख गरी हस्ताक्षर गरिएको बिज्ञप्तिमा सञ्चार माध्यमको नाम उल्लेख गरिएको छैन । बिज्ञप्तिमा प्रकाशित समाचारबाट इमान्दार कर्मचारीहरुको मनोबल गराएको उल्लेख गरिएको छ ।

कम्पनीले आज प्रकाशन गरेको बिज्ञप्तिमा आगामी दिनमा अझै विश्वसनीय सेवामार्फत बीमा सेवा प्रवाह गर्ने जनाएको छ । बिज्ञप्तिमा अन्त्यमा भनिएको छ, ‘यस कम्पनीले तपाईहरुको आवश्यकता र विश्वासमा कुनै पनि कसर बाँकी नराखी आगामी दिनमा अझै सशक्त रुपले विश्वसनीय सेवा प्रवाह गर्दै लैजाने अठोट तथा प्रतिज्ञा पनि व्यक्त गर्दछौं ।’

बीमापोष्टमा प्रकाशित समाचारप्रति बीमापोष्ट सम्पादकीय टिम विश्वस्त र तथ्य प्रमाणका आधारमा प्रकाशित गरिएको पुनः प्रष्ट पार्न चाहन्छ । बीमापोष्टको सम्पादकीय नीति अनुसार समाचारमा आरोप लगाइएका व्यक्तिले पर्याप्त सफाई पाउने मौका प्रस्तुत गर्न सधैं प्रतिबद्ध रहनेछौं ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*