एनएलजी इन्स्योरेन्स कम्पनी र त्रिशिद्देश्वरी राप्ती यातायातबीच बीमा सेवा सम्बन्धि सम्झौता

१९ श्रावण २०७८, मंगलवार १३:४९

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रा.लि. बीच व्यवसायिक बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा त्रिशिद्देश्वरी राप्ती यातायात समितिको तर्फबाट समितिका अध्यक्षसुरेश हमाल तथा प्रबन्ध निर्देशक पुष्कर धिताल र एनएलजि इन्स्योरेन्स कम्पनीको तर्फबाट चिफ कर्पोरेट मार्केटिङ अफिसर बुद्ध प्रकाश सिंह तथा शाखा प्रमुखसुरेश बस्नेतले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात समितिमा भएका सम्पुर्ण सवारी साधनहरु बीमा गर्ने ग्राहकहरुले आवश्यक बीमा सम्बन्धी सम्पुर्ण सेवाहरु कम्पनीको तुल्सीपुर शाखाबाट प्राप्त गर्न सक्नेछन् । साथै बीमा गरिएका सम्पुर्ण सवारी साधनहरुको दुर्घटना दाबी भुक्तानीलाई समयमै सरल तथा सहज तरुकाले सेटल गर्न सकिने कुरा एनएलजि इन्स्योरेन्स तुल्सीपुरका शाखा प्रमुख सुरेश बस्नेतले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*