सानिमा लाइफ इन्स्योरेन्सद्धारा २० लाख ७० हजार रुपैयाँ बीमा दाबी भुक्तानी

१९ श्रावण २०७८, मंगलवार १३:५४

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरि भरतपुर ४, चितवन निवासी लक्ष्मी सापकोटालाई २० लाख ७० हजार रुपैयाँ मृत्यु दाबी हस्तान्तरण गरेको छ ।

बीमित टिकाराम सापकोटाको जेठ २२ गते असामयिक निधन भएको थियो । सोही अनुरुप कम्पनीले मृतककी श्रीमतिलाई दाबी रकम दिएको हो ।कम्पनीका लुम्बिनी प्रदेशका क्षेत्रीय प्रबन्धक जयदेव गौतम, बर्दघाट शाखाका शाखा प्रबन्धक ढाकाराम तिम्सिना निज सापकोटा निवासमा पुगेर एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*