नेपाल इन्स्योरेन्समा ईश्वर पोखरेललाई कामु सिइओको जिम्मेवारी

१९ श्रावण २०७८, मंगलवार १४:५८

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको छ ।

कम्पनीको साउन ८ गते बसेको संचालक समितिको बैठकले कम्पनीमै कार्यरत नायब प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उक्त पदको जिम्मेवार दिएको हो ।

कम्पनीमा पूर्व सिइओ बिजयबहादुर शाहको कार्यकाल अन्त्य भएसँगै हाल रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा नयाँँ कामु सिइओलाई जिम्मेवारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*