राष्ट्रिय बीमा कम्पनीको ८ औं वार्षिकोत्सव सम्पन्न

१९ श्रावण २०७८, मंगलवार १६:४९

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको ८ औ बाषिकोत्सव सम्पन्न भएको छ । कोभिड–१९ संक्रमणको कारणले गर्दा अनौपचारिक रुपमा कम्पनी संचालन समितिको कार्यकक्षमा कार्यक्रम आयोजना गरिएको थियो । कम्पनीले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि संचालक समितिका अध्यक्ष उ मेशचन्द्र उपाध्यय र कम्पनीका उच्च पदस्थ कर्मचारी लगायत अन्य कर्मचारीको पनि सहभागि रहेका थिए ।

कम्पनीले आफनो बार्षित्सवको अवसरमा गत आर्थिक बर्षमा बीमाशुल्क प्रदान गर्ने अभिकर्तामध्ये सर्वाेत्कृष्ट १० जना अभिकर्तालाइृ नगद पुस्कारसहित सम्मान गर्ने घोषण समेत गरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको लामो समयसम्म अघि बढन नसकेको लेखा परिक्षण कार्य लाइृ पहिलो प्राथमिकतामा राखी आर्थिक बर्ष २०६८।०६९ देखि आर्थिक बर्ष २०७२।०७३ को देखा परिक्षण सम्पन्न गरी वित्तीय विवरण स्वीकृतका लागि बीमा समिति पठाएको आर्थिक बर्ष २०७०।०७१ सम्म ३ बर्षको वित्तीय विवरणको स्वीकृति प्राप्त भइ सकेको र बाँकी रहेको २ बर्षको स्वीकृतिका क्रममा रहेको छ ।

कम्पनीले आर्थिक बर्षको २०७४।७५ र २०७५।७६ को बाह्य लेखा परिक्षणको कार्य अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ । कम्पनीले यस बिषम परिस्थतिलाई मध्यनजर गर्र्दै समाजिक दुरी कायम गरी कम्पनीका संचालन गरेको कार्यक्रममा संचालक समितिका अध्यक्षले कम्पनीका सम्पूर्ण सरोकारवालाहरुलाई शुभकामना समेत दिएका थिए ।

उक्त बार्षित्सव कार्यक्रममा बोल्दै,

जनार्दन शर्मा, अर्थमन्त्री

ले बीमितलाई सुरक्षाको प्रत्याभूति दिई भौतिक आर्थिक क्षति भएमा शोधभर्ना उपलब्ध गराउने महत्वपूर्ण माध्यम बीमा ब्यवसाय हो ।

सरकारी स्वामित्वको एक मात्र निर्जीवन बीमा ब्यवसाय गर्ने संस्था राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्नो उद्देश्य अनुरुप विभिन्न निर्जीवन बीमा ब्यवसाय संचालन गर्दै आइरहेको छ ।आर्थिक उदारीकरणको लहरसँगै बीमा ब्यवसायमा पनि निजि क्षेत्रको समेत प्रवेश र लगानी बढ्दै गएको छ । यसबाट बीमा ब्यवसायमा प्रतिस्पर्धाका साथै अवसर र चुनौति थप भएका छन् । सरकारी स्वामित्वको बीमा कम्पनीले बीमा ब्यवसायमा स्वच्छ, पारदर्शी, व्यावसायिक र बीमा सुशासन कायम गर्ने मार्गदर्शनका रुपमा कार्य गरी बीमा बजारमा अग्रणी भूमिका खेल्नुपर्छ।

बीमा ब्यवसायमा देखिएको समस्या हटाउने र चुनौतिलाई अवसरमा रुपान्तरण गरी बीमाको पहुचँ विस्तार गर्दै कम्पनीमा सेवा र कार्यप्रणाली अझ थप प्रतिस्पर्धी, सक्षम, गुणस्तरीय बनाउनु जरुरी भएको छ ।

सूर्यप्रसाद सिलवाल, अध्यक्ष बीमा समिति 

विश्वव्यापी उदारीकरणको प्रभाव स्वरुप नेपाली बीमा बजारले नयाँ नयाँ अवसर प्राप्त गर्नुका साथै बीमा क्षेत्रलाई अझ बढी प्रतिस्पर्धी र ग्राहकमुखी बन्न थप चुनौती सिर्जना गरेको छ ।
सरकारी स्वामित्वको एक मात्र निर्जीवन बीमा कम्पनीको रुपमा कार्य गर्दै आएको यस कम्पनीले आफ्नो विगतका कार्य प्रगतिको समीक्षा गर्दै नेपालको निर्जीवन बीमा बजारको विकास र बिस्तारमा महत्वपूर्ण योगदान गर्न सदैब प्रयत्नशील रहने तथा नेपाल सरकार, बीमा समिति, महालेखा परीक्षकको कार्यालय लगानीकर्ता लगायतका सरोकारवालाको चासोका रुपमा रहेको लेखापरिक्षण कार्य यथाशीघ्र सम्पन्न गर्ने समेत विश्वास लिएको छ ।

उमेशचन्द्र उपाध्याय, अध्यक्ष राष्ट्रिय बीमा कम्पनी 

विगतका बर्षहरुमा अनेकौँ उतारचढावका बीच कम्पनीले बीमा ब्यवसायको बिस्तार र सुदृढीकरणमा अग्रणी भूमिका खेलेको छ ।
जटिलता, कठिनाई, चूनौति र उज्ज्वल सम्भावना सँगसगै जोडिएका छन् । विगतका गाँठा फुकाउने र वषौँअघि देखिका लेखापरीक्षणका थुप्रिएर बसेका असङ्गत अबस्थाको अन्त्य गर्ने कामले अपेक्षा गरेको भन्दा बढी समय लिएको छ तर अब हामी नतिजा प्राप्त गर्ने चरणतिर पुग्न लागेका छौँ । कोभिड १९ महामारीले गरेको अवरोधले पनि समयमै काम हुन सकेनन् । पुराना थुप्रिएका समस्याले अग्रगतिमा ठड्याएका तगारा क्रमशः हटाउने काम सकेर विगतका बर्षको बार्षिक साधारण सभा सम्पन्न गरी पुँजी वृद्धि योजना मुताबिक पुँजी वृद्धि गरिनेछ ।

डिल्लीराज अर्याल, प्रमुख कार्यकारी अधिकृत राष्ट्रिय बीमा कम्पनी 

निजी तथा विदेशी कम्पनीहरुसँग प्रतिस्पर्र्धाी गरी मुनाफा आर्जन गर्नु कम्पनीको मुख्य दायित्व रहेको छ । नवीनतम सोच र प्रविधिको प्रयोगबाट बीमा बजारमा कम्पनीलाई स्थापीत गर्न, लगानीको विविधीकरण गरी लगानीको प्रतिफलमा वृद्धि, दिगोपन र सुरक्षित बनाउन, सरकारी निकायहरु, संस्थान तथा वित्तीय संस्थाहरु, व्यावसायिक प्रतिष्ठानहरु र बीमितहरुसँग समन्वय र सहकार्य गरी बजार बिस्तार एंव बीमाको पहुँच बढाई बजार हिस्सा वृद्धि गर्न र संस्थागत सुशासन, आर्थिक पारदर्शिता, सांगठनिक सुधार तथा नवीनतम प्रविधिको विकास र प्रयोगको माध्यमबाट सेवा प्रवाह छिटो, छरितो र सरल बनाई कार्य प्रणाली चुस्त, दुरुस्त एव पारदर्शी बनाउन कम्पनी क्रियाशिल रहेको छ । प्राप्त ब्यवसायिक अवसरको निरन्तरता सुनिश्चित गर्न र नयाँ ब्यावसायिक क्षेत्रहरुको माध्यमबाट ब्यवसाय बिस्तार, लामो समयदेखी थाती रहेका लेखा परीक्षण लगायतका काम निकास र परम्परागत कार्यशैलीमा परिर्वतन गरी कार्यदक्षता र ब्यावसायिकता अभिवृद्धि गर्न कम्पनी निरन्तर लागि गरेको छ । यस्तो प्रयास भविष्यमा कम्पनीको ब्यावसायिक दक्षता अभिवृद्धि भई नेपालको बीमा बजारमा प्रतिस्पर्धी संस्थाको रुपमा स्थापित हुने विश्वास छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*