सानिमा लाइफको आइपीओ आजदेखि बिक्रीमा, १० कित्ता भन्दा बढि आवेदन भर्नु नपर्ने

२० श्रावण २०७८, बुधबार ०६:५३

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट प्राथमिक शेयर (आइपीओ) निष्काशन खुला गरेको छ। कम्पनीले रु १०० अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहकि लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

बाँकि ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको छ ।उक्त आइपीओमा न्युनतम १० किताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ । उक्त आईपिओमा मागभन्दा कैयौं गुणा बढि आवेदन पर्ने हुँदा १० कित्ता भन्दा बढि आवेदन दिन नपर्ने भएको छ । आवेदकले कम्पनीको आईपीओमा छिटोमा साउन २४ गते बैंकिङ समयसम्म आवेदन गर्न सक्नेछन् । सो समय अवधिमा विक्री नभएमा आवेदकले भदौ २ गते बैंकिङ समयसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको र ६० करोड बराबरको साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब हुन्छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*