रिलायबल नेपाल लाइफले प्रिमियममा आइपीओ निष्काशन गर्ने , प्रतिकित्ता २ सय १२ रुपैयाँ पर्ने

१९ श्रावण २०७८, मंगलवार २२:३१

काठमाडौं । रिलायबल नेपाल लाइफले प्रिमियम सहित प्राथमिक आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ।कम्पनीले १ अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। बोर्डमा कम्पनीले गत साउन १२ गते आवेदन दिएको थियो ।

बोर्डले अनुमति दिएमा कम्पनीले अंकितमूल्यमा ११२ रुपैयाँ प्रिमियम थपेर २१२ रुपैयाँ प्रतिकित्ता दरले आईपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले कुल ६० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ।

कम्पनीको बिक्री प्रबन्धकमा भने सिभिल क्यापिटल मार्केट रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*