ज्योति लाइफले जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्ने, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

२० श्रावण २०७८, बुधबार १२:३७

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक व्यक्तिहरुका लागि जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्ने भएको छ ।

कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक न्युनतम एस.एल.सी. वा एस.ई.ई अथवा सो भन्दा माथिको शैक्षिक योग्यता भएका व्यक्तिहरुको लागि देशभरका शाखा तथा उपशाखामा तीन दिने जीवन बीमा अभिकर्ता तालिम संचालन गर्न लागिएको जनाएको छ ।

तालिमको बारेमा सम्पुर्ण जानकारी कम्पनीको वेभसाइटमा राखिएको जनाएको छ । अथवा ईच्छुक व्यक्तिहरुलाई कम्पनीको विभिन्न शाखा तथा उप शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*