रिलायन्स लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

२० श्रावण २०७८, बुधबार १३:५८

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतक बीमित नन्दलाल महर्जनको परिवारलाई बीमा वापतको १० लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

कम्पनीका कलंकी शाखा प्रबन्धक प्रकाश जोशी र रिजनल म्यानेजर रामेश्वर श्रेष्ठले मृतकको श्रीमती धन देवी महर्जनलाई बीमा दाबी वापतको उक्त रकम हस्तान्तरण गरेका हुन् ।
महर्जनको कोरोना संक्रमणका कारण ५६ वर्षको उमेरमा बीमा गरेको एक महिना नहुँदै मृत्यु भएको थियो । बीमित मृतक महर्जनले १० लाख रुपैयाँ बीमाङकको २०७८ बैशाख १६ गते बीमा गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*