एशियन लाइफद्धारा ३२ लाख ८३ हजार मृत्यु बीमा दाबी भुक्तानी

२० श्रावण २०७८, बुधबार १७:०६

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक बीमित केशव बहादुर शाहीको परिवारलाई बीमा दाबी वापतको ३२ लाख ८३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

कम्पनीले साउन १८ गते सोमबार दैलेखको भैरवी गाउँपालिका वडा नं. ४ स्थित एक कार्यक्रम आयोजना गरी मृतक शाहीकी श्रीमति झलक कुमारी शाहीलाई कम्पनीको कर्णाली प्रदेश प्रमुख विजय पराजुलीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

मृतक बीमित शाहीले म्यादी जीवन बीमा, बाल भविष्य, म्यादी, वार्षिक धनलाभ, नवरत्नसहित नौवटा जीवन बीमा गरेका थिए । कम्पनीको सिनियर एजेन्सी म्यानेजर समेत रहेका शाहीको गत बैशाख २२ गते कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*