एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस शेयर पारित

२१ श्रावण २०७८, बिहीबार १३:१७

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारणसभाबाट कम्पनीले १० बोनश शेयर सम्बन्धी प्रस्ताव पारित गरेको छ।सभा भ्युचुअल माध्यमबाट सम्पन्न भएको हो ।

उक्त सभा मार्फत कम्पनीले आव २०७६।०७७ को संचीत मुनाफाबाट चुक्तापूँजी एक अर्ब नौ करोड ६३ लाख ७५ हजार ५ रुपैयाँको १० प्रतिशतका दरले १० करोड ९६ लाख ३७ हजार ५५० बराबरको बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साथै आव २०७६।०७७ को मुनाफाबाट ५७ लाख ७० हजार ३९७ रुपैयाँ अर्थात ०।५२६३ प्रतिशत नगद लाभांश स्वीकृत प्रस्ताव पेश गरी पारित गरेको छ ।

सभाले आव २०७६।०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी स्वीकृत गरि २०७६ साउन १ देखि २०७७ असार मसान्तसम्मको नाफा–नोक्सानको हिसाव लगायतका वित्तीय विवरणहरु पारित गरेको छ। कम्पनीले सभा माार्फत आ।व। २०७७।०७८ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*