सानिमा लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

२१ श्रावण २०७८, बिहीबार १६:५०

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले सिराह जिल्ला घर भई हरिसिद्धिमा सामान्य साईकल मर्मत ब्यवसाय गरी रहेका मनु सरदार बांतरको परिवारलाई ८ लाख ८ हजार रुपैयाँ बीमा दावि भुक्तानी गरेको हो ।

२०७६ भाद्रमा ग्वार्को शाखाबाट चार लाख रुपैयाँको शुभलक्ष्मी बीमा गराएका बीमितको कालगतिले मृत्यु हुंदा नै दोब्बर बिमांक र बोनस सहित बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।

कम्पनीका ग्वार्को शाखा प्रमुख रुद्र प्रसाद दाहाल मार्केटिङ्ग अफिसर मन्जु खडका तथा समाज सेवी मुना पाण्डेले मृतक विमितकी श्रीमती नबीता देबी सरदारलाइ चेक हस्तान्तरण गर्दै उक्त रकमले तीन जना बाल बच्चाको पढाई तथा परिवारको पालन पोषण गर्न सहयोग पुग्ने अपेक्षा गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*