सानिमा लाइफको आइपीओमा १५ लाख बढीको आवेदन

२१ श्रावण २०७८, बिहीबार १७:३४

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर निष्काशन गरेको दोस्रो दिन १५ लाख बढीको आवेदन परेको छ। कम्पनीको शेयरमा आज साँझ ५ बजेसम्म १५ लाख ४ हजार ८ सय ११ जना सर्वसाधारण लगानीकर्ताहरुबाट २ अर्ब ३९ करोड ४७ लाख ७८ हजार रकम बराबरको २ करोड ३९ लाख ४७ हजार ७ सय ८० कित्ता शेयरको लागि आवेदन दिएका छन् ।

निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएकोमा निष्काशनको पहिलो दिन अपरान्ह ५ बजेसम्म ७ लाख २८ हजार ८ सय ४० जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब २० करोड १८ लाख २६ हजार रकम बराबरको १ करोड २० लाख १८ हजार २ सय ६० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो ।यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आइपिओमा आवेदन दिने अन्तिम समय छिटोमा श्रावण २४ गते आइतबार सम्म रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*