सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ तेश्रो दिन ५.५५ गुणाले ओभर सब्सक्राइब

२२ श्रावण २०७८, शुक्रबार १६:३८

काठमाडौं । श्रावण २० गतेबाट निष्काशन भएको सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक निष्काशनमा पहिलो दिन ५.५५ गुणाले ओभर सब्सक्राइब भएको छ । निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएकोमा निष्काशनको तेश्रो दिन अपरान्ह ३ः३० बजेसम्म १९ लाख १८ हजार ५ सय ५७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट २ अर्ब ९९ करोड ८३ लाख ६२ हजार रकम बराबरको २ करोड ९९ लाख ८३ हजार ६ सय २० कित्ता शेयरको लागि आवेदन परेको छ । यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटलले गरेको हो ।

यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आइपिओमा आवेदन दिने अन्तिम समय छिटोमा श्रावण २४ गते आइतबार सम्म रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*