आइएमई लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

२२ श्रावण २०७८, शुक्रबार १९:४८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मकवानपुरका बीमित हिमाल पौडेललाई बीमा वापतको २३ लाख ७६ हजार ८ सय ४० को चेक हस्तान्तरण गरेको हो । काठमाडौंको मेडिसिटीमा उपचारत पौडेललाई अस्पतालले क्यान्सरको लक्षण पछि पौडेलले उपचार रकम वापत उक्त रकम पाएका हुन् ।

कम्पनीका बीमा अभिकर्ता लक्ष्मण कुमार महर्जनले गत मंसिर १७ गते उनका साथी हिमाल पौडेलको २५ लाख बराबरको जिवन बीमा गरेका थिए । यो जिवन विमा अन्तरगत २१ वटा प्राणघातक रोगबाट जोखिम युक्त सिईए (क्रिटिकल इल्नेस) धनसरिता जीवन बीमा रहेको थियो ।

उक्त कार्यक्रममा कम्पनीका सिईओ कवि फुयाँल, एजेन्सी विजनेश प्रमुख कर्मराज पौडेल, प्रदेश २ का कम्पनीका प्रमुख रविशंकर सरार्फ, हेटौंडा शाखा प्रमुख सुमन घिमिरे, वरिष्ठ एजेन्सी म्यानेजर योग्यराज सापकोटा, मार्केटिङ म्यानेजर केबल बानियाँ लगायतको उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*