आईएमई जनरल इन्स्योरेन्सको मार्केटिङ मिट २०२१ सम्पन्न

२३ श्रावण २०७८, शनिबार ११:३७

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक मार्केटिङ मिट २०२१ हिजो एक कार्यक्रमका बीच सम्पन्न भएका छ ।

राजधानीको होटल र्याडिसनमा सम्पन्न भएको कार्यक्रममा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले ट्रफी सहित ससम्मान गरेका छन् ।

सो कार्यक्रममा उत्कृष्ट कार्य गर्ने नौ जना कर्मचारी पुरस्कृत गरिएको छ । कम्पनीले विभिन्न विधामा उत्कृष्ट व्यवसाय गर्ने, टार्गेट मिट गर्ने कर्मचारीहरुलाई कार्य सम्पादनको आधारमा सम्मान गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*