यूनियन लाइफ इन्स्योरेन्सको शेयरमा लाग्यो पोजेटिभ सर्किट

२४ श्रावण २०७८, आईतवार १२:११

काठमाडौं । साताको पहिलो दिन आईतवार बजार खुलेको एक घण्टाको अवधिमा  यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयर ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५३० दशमलव ९० रहेको छ। गत शुक्रबारको तुलनामा कम्पनीको शेयर ४८ रुपैयाँ २० पैसाले बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*