एशियन लाइफ इन्स्योेरेन्सद्धारा उपचार खर्च वापतको बीमा दाबी भुक्तानी

२४ श्रावण २०७८, आईतवार १५:१६

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनि नारायणगढ शाखाले कालिका नगरपालीका १, चितवन निवासी प्रनेश लामा लाई घातक रोग वापत भुक्तानीको चेक आईतवार हस्तान्तरण गरेको छ ।

यस कम्पनिको नारायणगढ शाखा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि बीमित प्रनेश लामालाई ५ लाख रुपैयाको चेक शाखा प्रबन्धक अबिशेष चापागाईले हस्तान्तरण गरेको हो ।

कार्यक्रममा परिवार आफन्त स्थानिय संचारकर्मी कम्पनिका पदाधिकारी साथै आधिकारीक अभिकर्ताहरु लगायतको उपस्थिती थियो ।२०७६ साल असोज १७ गते निज प्रनेश लामाले यस कम्पनिमा ५ लाख रुपैयाँ बीमांकको १५ बर्षे जीवन बीमा गराएको थियो । बीमित २०७७ साल माघ २९ गते क्यानसर रोग प्रमाणित भए पश्चात निजले उपचार खर्च उपलब्धका लागी यस कम्पनिमा निवेदन पेश गरेको थियो ।

चेक हस्तान्तरणको क्रममा शाखा प्रबन्धक चापागाईले बीमा कम्पनि सेवा प्रदायक कम्पनि भएकाले मानवीय अपुरर्णीय क्षती, घातक रोगबाट आर्थिक क्षती भएपनि सो न्युनिकरणका लागी आफ्नो कम्पनिले बीमीतहरुलाई प्रभावकारी रुपमा दावी भुतmानी गर्दे आएको दावी गरे ।

साथै बीमाको शर्तअनुसार घातक रोग प्रमाणित भएमा बीमांक रकम बरावरको उपचार खर्च दिइने भन्ने उल्लेख भएकाले निजलाई सोहि अनुसारको ५ लाखको चेक हस्तानरण गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*