बोनसदरमा १८ जीवन बीमा कम्पनीमध्ये को उत्कृष्ट ? कुन कम्पनीको बोनसदर कति?

रिना खत्री
२४ श्रावण २०७८, आईतवार १६:४८

काठमाडौं । नेपालमा सचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुमध्ये १८ वटा कम्पनीले बोनसदर सार्वजनिक गर्दै आएका छन् । कूल १९ कम्पनी मध्ये १८ कम्पनीले पछिल्लो बोनसदर सार्वजनिक गर्दै आएका छन् भने राष्ट्रिय बीमा संस्थानको वित्तिय विवरण स्वीकृत नुहँदा बोनसदर सार्वजनिक हुन सकेको छैन । पछिल्लो अवधीमा बीमा समितिको स्वीकृति बमोजिम १८ कम्पनीहरुले नयाँ बोनसदर सार्वजनिक गरेका छन् भने राष्ट्रिय बीमा संस्थान १५ वर्ष पुरानै बोनसदरका आधारमा बोनस वितरण भइरहेको छ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले भने अघिल्ला आर्थिक बर्षको एक्चुरी भ्यालुएसनको अडिट गरिरहेको कारण कम्पनीको नयाँ बोनसदर सार्वजनिक गर्न नसकेको हो । १९ जीवन बीमा कम्पनीहरुमध्ये १८ कम्पनीहरूले आर्थिक वर्ष २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्कीय मूल्यांकन पछि बीमितहरुलाई प्रदान गरिने बोनसदर घोषणा गरेका हुन् । बीमा समितिबाट बोनसदर स्वीकृत भएपछि मात्रै बीमितले प्रतिहजारका दरले तोकिएको बोनसदर प्राप्त गर्न सक्छन्।

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ, एशियन लाइफ, रिलायबल नेपाल लाइफ, यूनियन लाइफ, सिटिजन लाइफ, ज्योति लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), महालक्ष्मी लाइफ, मेट लाइफ, सूर्या लाइफ, नेशनल लाइफ, प्रभु लाइफ, प्राइम लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ, आइएमई लाइफ र गुराँस लाइफ र सन नेपाल लाइफले बीमा समितिबाट आर्थिक बर्ष २०७५/७६ को बोनसदर स्वीकृति पाएका छन्।

हरेक वर्षको बोनसदरले सोहि वर्षमा बीमितले भुक्तानी गरेको प्रिमियमका आधारमा बोनस प्रदान गरिन्छ । यो रकम बीमा परिपक्व भएपछि एकमुष्ठ रुपमा प्राप्त हुन्छ । हरेक वर्षको बोनसदर र सोहि वर्षमा भुक्तानी गरेको प्रिमियमका आधारमा बीमितले प्राप्त गर्ने बोनस रकम निकालिन्छ । जति धेरै बोनसदर हुन्छ बीमितले त्यतिनै बढि लाभ लिन सक्छन्।

१ नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७५/७६ मा न्यूनतम् ६५ देखि अधिकतम ८२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।कम्पनीले सर्वाधिक तथा सामुहिक जीवन बीमा लेख अन्तर्गत ( सुरक्षित जीवन, जीवन ज्योति, रुलर इन्डेमेन्ट एसुरेन्स, केटाकेटी, बालशिक्षा योजना, जीवन लक्ष्मी र जीवन सारथी) मा योजनामा ६५ देखि ८२ सम्मको बोनसदर घोषणा गरेको छ ।
त्यस्तै, कम्पनीले सर्वाधिक तथा आजिवन (जीवन साहारा) मा ६५ देखि ८२ सम्मको बोनसदर निधारण गरेको छ।

२ नेशनल लाइफ इन्स्योरेन्स

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७५/७६ मा न्यूनतम ६४ देखि अधिकतम ८५ रूपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ ।कम्पनीले सावधिक तथा सामुहिक जीवन बीमालेखमा ६४ रुपैयाँ देखि ८५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमामा ६३ रुपैयाँ देखि ६४ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । यस्तै सावधिक तथा आजीवन जीवन बीमालेखमा ६४ देखि ८५ रुपैयाँ बोनस दर निधारण गरेको छ।

३ एलआईसी (नेपाल)

एलआईसी(नेपाल) ले इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा न्यनतम ६६ देखि अधिकतम ८० रूपैयाँसम्म बोनसदर सार्वजनिक गरिसकेको छ ।
कम्पनीले सावधिक तथा रुपान्तरित सावधिक जीवन बीमा योजनामा २५ वर्ष वा सोभन्दा माथीको अवधिमा ८० रूपैयाँ बोनस दर दिने भएको छ । धन वृष्टि जीवन बीमालेखमा प्रति हजार ६६ रुपैयाँ, अग्रिम भुक्तानी सार्वधिक र अग्रिम भुक्तानी (बाल) बीमालेखमा ६६ देखि ६८ रुपैयाँ सम्म बोनस दर सार्वजनिक गरेको छ ।
त्यस्तै, कम्पनीको आजीवन बीमालेखमा २० वर्षे योजनामा ७७ रुपैयाँ, १५ वर्षेमा ६८ रुपैयाँ र १० वर्षे योजनामा ६६ रुपैयाँ बोनस निधारण गरेको छ।

४ प्राइम लाइफ इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्सले न्यूनतम ३० देखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेखमा न्यूनतम ३५ देखि ६५ रुपैयाँसम्मको बोनसदर सार्वजिनक गरेको छ भने प्राइम जीवन उपहार (अग्रीम भुक्तानी सवाधिक) मा ३० रुपैयाँसम्म बोनसदर निधारण गरेको छ । कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा २६ वर्षभन्दा बढि अवधीको जीवन बीमालेखमा ७५ रुपैयाँ बोनस दर तोकिएको छ।

५ सूर्या लाइफ इन्स्योरेन्स

सूर्या लाइफ इन्स्योरेन्सले न्यूनतम ३८ देखि अधिकतम ७३ रुपैयाँसम्मको बोनसदर सार्वजनिक गरेको छ ।कम्पनीले सवाधिक जीवन बीमालेखमा ३८ देखि ७३ रुपैयाँसम्म बोनसदर तोकेको छ भने सावधिक तथा आजिवन बीमालेखमा ३८ देखि ७३ सम्म र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत ४५ देखि ६३ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ।

६ सन नेपाल लाइफ इन्स्योरेन्स

सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो।

कम्पनीको सन लाइफ सावधिक जीवन बीमालेखमा, भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावधिक) बीमालेखमा बाल समृद्धि जीवन बीमालेखमा र नवीन आजीवन जीवन बीमा (सावधिक तथा आजीवन) बीमालेखमा बीमा अवधिको आधारमा प्रति हजार न्यूनतम ३० र अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन।

सीमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधि बीमा योजनाहरु (धनलक्ष्मी बीमा योजना समेत) मा बीमा अवधि अनुसार प्रति हजार न्यूनतम २२ रुपैयाँ देखि अधिकतम ३२ रुपैयाँसम्म बोनस तोकिएको छ।

७ मेट लाइफ इन्स्योरेन्स

मेट लाइफ इन्स्योरेन्सले न्यूनतम ५० देखि ८५ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेखमा ६५ देखि ८० रुपैयाँ सम्म, सावधिक बीमालेख (एजुकेशन प्रोटेक्सन प्लान)मा ६५ देखि ८५ रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (थ्रिपीपी)मा ५० देखि ७० रुपैयाँसम्म बोनसदर निधारण गरेको छ।

८ गुराँस लाइफ इन्स्योरेन्स

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले न्युनतम प्रतिहजार २३ रुपैयाँदेखि ८१ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।कम्पनीले सावधिक जीवन बीमालेख को हकमा कम्पनीले न्युनतम ४२ रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ । बालबालिकाको सावाधिक जीवन बीमालेख अन्तर्गत कम्पनीले न्युनतम ४२ रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेख सावधिक तथा आजीवन बीमालेखको हकमा पनि कम्पनीले न्युनतम ४६ रुपैयाँदेखि ८१ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ।

त्यस्तै, गुराँस सुरक्षित भविष्य जीवन बीमालेखको अन्तर्गत न्यूनतम २३ रुपैयाँ देखि अधिकतम ४० रुपैयाँसम्म बोनसदर निधारण गरेको छ।

९ एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को लागि न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ८७ रुपैयाँ सम्मको बोनसदर घोषणा गरेको छ ।
कम्पनीले सावाधिक जीवन बीमा योजनामा ४५ रुपैयाँदेखि ८१ रुपैयाँसम्म, बालबालिकाको सावधिक जीवन बीमालेखमा ५० रुपैयाँदेखि ८१ रुपैयाँसम्म, सावाधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ६० रुपैयाँदेखि ८७ रुपैयाँसम्म, अग्रिम भुक्तानी नव रत्न जीवन संजीवनी दम्पत्ति सुरक्षा प्लसबीमालेखको हकमा कम्पनीले न्युनतम ४३ रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ।

१० सिटिजन लाइफ इन्स्योरेन्स

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७५/७६ मा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्मको बोनस दर सार्वजनिक गरेको छ ।
कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा ३७ रुपैयाँ देखि ७० रुपैयाँ सम्म, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ४४ रुपैयाँ देखि ५५ रुपैयाँ सम्म, वार्षिक अग्रिम भुक्तानी जीवन बीमा २५ रुपैयाँ देखि ३५ रुपैयाँ बोनसदर निधारण गरेको छ ।
त्यस्तै, सिटिजन शुभारम्भ जीवन बीमा योजना (सावधिक) मा ३५ रुपैयाँ देखि ७० रुपैयाँ सम्म र सावधिक जीवन बीमा योजनामा ३८ रुपैयाँ देखि ७३ रुपैयाँ सम्म बोनस दर निर्धारण गरेको छ ।

११ ज्योति लाइफ इन्स्योरेन्स

ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ मा न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर निर्धारण गरेको हो ।
कम्पनीले सावधिक जीवन बीमालेख, सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षसम्म कायम रहने बीमालेख खरिद गर्ने बीमितले ४३ रुपैयाँ, १० देखि १४ वर्ष सम्मकोले ४५ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मकोले ५० रुपैयाँ, २० देखि २४ वर्ष सम्मकोले ५५ रुपैयाँ र २५ वर्ष वा त्यस भन्दा मथिको बीमितले ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।त्यस्तै,१५ देखि १९ वर्ष सम्मकोमा ४५ रुपैयाँ र २० देखि २४ वर्ष सम्ममा बीमालेख खरिद गर्ने बीमितले ५० रुपैयाँ बोनस पाउनेछन् ।

१२ प्रभु लाइफ इन्स्योरेन्स

प्रभु लाइफ इन्स्योरेन्सले न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्मको बोनस दर निधारण गरेको छ ।कम्पनीले सावधिक जीवन बीमालेख र सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा ३० रुपैयाँ देखि ७० रुपैयाँ सम्म बोनस दर निर्धारण गरेको छ । यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ३० रुपैयाँ देखि ५० रुपैयाँ सम्म बोनस दर सनर्वजनिक गरेको छ ।

१३ रिलायन्स लाइफ इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्सले न्यूनतम २० रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निधारण गरेको छ । सावधिक, सावधिक तथा आजीवन बीमा योजनामा ३५ रुपैयाँ देखि ७० रुपैयाँ, अग्रिम भुक्तानी सार्वधिक बीमा योजनामा ४५ रुपैयाँ देखि ५० रुपैयाँ र अन्य (वार्षिक अग्रिम भुक्तानी– मुद्धती) बीमा योजनामा २० रुपैयाँ देखि २५ रुपैयाँ सम्मको बोनस दर निर्धारण गरेको छ ।

१४ सानिमा लाइफ इन्स्योरेन्स
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७५/७६ का लागि न्यूनतम २० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँ सम्मको बोनसदर घोषणा गरेको छ ।
कम्पनीको सावधिक जीवन बीमालेख ९ वर्ष अवधिसम्मको हकमा बोनसदर प्रति वर्ष प्रतिहजार ३५ रुपैयाँ कायम भएको छ । २५ वर्ष वा सो भन्दा माथि अवधिको बीमालेख खरिद गरेका बीमितले भने प्रतिहजार ६५ रुपैयाँ प्राप्त गर्ने छन् ।

१५ आइएमई लाइफ इन्स्योरेन्स

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा न्युन्तम प्रतिहजार १३ रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर सार्वजनिक गरेको छ ।
कम्पनीले सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २६ रुपैयाँ निर्धारण गरेको छ । कम्पनीले यो बीमालेख १५देखि १९ वर्ष अवधिका मानिसहरुलाई मात्रै १२ हजार ४२९ वटा बीमालेख बिक्री गरेको छ । कम्पनीले अग्रिम भुक्तानी तथा आजीवन बीमालेखको हकमा न्युनतम २६ रुपैयाँदेखि ७० रुपैयाँसम्म निधाराण गरेको छ ।

यस्तै, कम्पनीले सवाधिक जीवन बीमालेखमा ३५ देखि ६५ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ भने सवाधिक तथा आजीवन बीमालेखमा पनि ३५ देखि ६५ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ ।

१६ रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को लागि न्यूनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ सम्मको बोनसदर सार्वजनिक गरेको छ ।कम्पनीले सार्वधिक जीवन बीमा योजनामा प्रति हजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म, रिलायबल लघु सावधिक जीवन बीमा योजनामा सबै बीमा अवधिको लागि प्रतिश हजार ३० रुपैयाँ निधारण गरेको छ ।

रिलायबल सुलभ जीवन बीमालेखमा न्युनतम २० रुपैयाँदेखि ३७ रुपैयाँसम्म, रिलायबल उच्च शिक्षा योजना(बाल बच्चाको सावाधिक बीमालेख) मा न्युनतम ६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म, सावधिक तथा आजीवन बीमा योजनामा सबै बीमा अवधिको लागि ३० रुपैयाँ र रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा न्युनतम ५० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँ बोनसदर निधारण गरिएको छ ।

१७ यूनियन लाइफ इन्स्योरेन्स

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को लागि न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७२ रुपैयाँ सम्मको बोनसदर घोषणा गरेको छ ।
कम्पनीले सावधिक तथा बालबच्चा सावाधिक जीवन बीमा योजनामा न्युनतम प्रतिहजार २० रुपैयाँदेखि ७२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।
कम्पनीको सावाधिक तथा आजीवन जीवन बीमा योजनाको हकमान्युनतम ४२ रुपैयाँदेखि ७२ रुपैयाँसम्म, सिमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजनामा प्रति हजार ५० रुपैयाँ बोनसदर, वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनाको हकमा न्युनतम २० रुपैयाँदेखि २८रुपैयाँसम्म, अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनाको हकमा न्युनतम् २० रुपैयाँदेखि ३१ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ।

१८ महालक्ष्मी लाइफ इन्स्योरेन्स

महालक्ष्मी लाइफ इन्स्योरेन्सले न्यूनतम ५० देखि अधिकतम ५२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।कम्पनीले महालक्ष्मी सावधिक र महालक्ष्मी सरल जीवन बीमा योजनामा प्रति हजार बीमांकमा ५० रुपैयाँ देखि ५२ रुपैयाँ सम्मको बोनस दर निर्धारण गरेको छ । यस्तै महालक्ष्मी जीवन हेरचार जीवन योजनामा ५० देखि ५१ रुपैयाँ बोनस दर निधारण गरेको छ । नयाँ कम्पनी भएर पनि महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सबैलाई समान हुने गरी बोनसदर सार्वजनिक गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*