सानिमा लाइफको आईपीओमा साढे ६ गुणा बढीको आवेदन

२४ श्रावण २०७८, आईतवार १९:२२

काठमाडौं । सानिमा लाइफको आईपीओमा आवेदन दिने अन्तिम दिनमा ६.७३ गुणा बढी आवेदन परेको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार २४ लाख बढीको आवेदन परेको छ। यसअघिको रेकर्ड ब्रेक गर्दै कम्पनीको आईपीओमा हालसम्म कै धेरै आवेदकले सेयर खरिद गरेका हुन् ।

कम्पनीले बुधबारदेखि ६० करोड रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई छुट्याईएको छ । बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागी छुट्याईएको छ ।

कम्पनीको बिक्री प्रवन्धक प्रभु क्यापिटल रहेको छ । आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*