सानिमा लाइफको आईपिओमा २४ लाख १९ हजार १२७ को आवेदन, १८ लाख ७९ हजार १२४ जनाले नपाउने

२४ श्रावण २०७८, आईतवार २३:०६

काठमाडौं । यही साउन २० गतेबाट निष्काशन भएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयरमा माग भन्दा निकै गुणा बढी आवेदन परेको छ । जसका कारण झण्डै १९ लाख जनाको हात खाली हुनेछ ।

सानिमा लाइफको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज साँझसम्म कूल २४ लाख १९ हजार १२७ जनाको आवेदन परेको छ । सो तथ्याङ्कमा भोलिसम्म बैंकबाट थप भर्ई आउने संख्या अझै बढ्ने छ ।

प्रभु क्यापिटलले निष्काशनमा चौथो दिन ६.८४ गुणाले ओभर सब्सक्राइब भएको सो कम्पनीका बरिष्ठ अधिकारी कृष्ण गिरीले जनाएका छन् ।

निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएकोमा निष्काशनको चौथो दिन अपरान्ह ५ः०० बजेसम्म २४ लाख १९ हजार १ सय २७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता शेयरको लागि आवेदन परेको छ ।

सो आधारमा १८ लाख ७९ हजार १२४ जनाको हात रित्तो हुने देखिएको छ । सो मध्ये कैयौं मानिसहरुको बैंकमा पर्याप्त ब्यालेन्स नभएर शेयर आवेदन नै रद्द हुनेछ भने कैयौं मानिसहरु दोहोरो भरेका कारण आवेदन रद्द हुन गर्दछ । बाँकी रहेकाहरुको प्रमाणिकरण गरी गोलाप्रथामार्फत कूल आवेदकबाट पाँच लाख ४० हजार आवेदक छनौट गरी १० कित्ताको दरले शेयर बाँडफाँड हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*