आइपीओ निष्काशन प्रस्ताव सहित सन नेपाल लाइफको साधारणसभा आज हुँदै

२५ श्रावण २०७८, सोमबार १२:४४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा आज हुँदैछ । सभा कम्पनीको कर्पोरेट कार्यालय, कमलादिमा आज दिउँसो ३ बजे भर्चुअल माध्यमबाट हुँदैछ ।

उक्त सभामा आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान, हिसाब नगद प्रवाह विवरण सम्बन्धी बिषयमा छलफल हुने भएको छ । सभाले आइपीओ निष्काशन प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ।

कम्पनीको शेयर रजिष्ट्रार कार्यालयमा अभिलेख रहेको शेयर लगतको आधारमा शेयरधनीहरुको रेकर्ड कायम गरी सभाहलमा उपस्थित हुन कम्पनीले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*