एशियन लाइफ इन्स्योरेन्सद्धारा एकैदिन दुई नयाँ शाखा विस्तार

२५ श्रावण २०७८, सोमबार १६:३४

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यका साथ आज काठमाडौंको नयाँ बानेश्वर र चाबहिलको चुच्चेपाटीमा शाखा विस्तार गरेको हो ।

कम्पनीले नयाँबानेश्वरमा ४१ औं शाखा र चुच्चेपाटीमा ४२ औं शाखा संचालनमा ल्याएको हो । कम्पनीको संचालक समितिका अध्यक्ष दीपकुमार श्रेष्ठले उक्त दुई शाखा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ र बागमती प्रदेश प्रमुख लोकराज जोशीको उपस्थिति रहेको थियो ।

विभिन्न वर्गलाई लक्षित गरी सावधिक, अग्रिम भुक्तानी सावधिक, आजीवन, म्यादीसहित २३ वटा बीमा योजनाहरु प्रचलनमा ल्याएको उक्त बीमा कम्पनीको दुई शाखा संचालनमा आएसँगै शाखा संख्या ४२ र उपशाखा संख्या १०६ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*