सन नेपाल लाइफको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

२५ श्रावण २०७८, सोमबार १६:४८

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न भएको छ । भ्युचुअल माध्यमबाट उक्त सभा सम्पन्न भएको हो ।

सभाले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । ६० लाख कित्ता शेयर प्रिमियम मूल्यमा विक्री गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन वासलात, नाफा र नोक्सान, हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचि एन्एफआरएस प्रणाली लगायतका विषयमाथि छलफल गरी पारित गरेको छ ।हाल देशभरका २० वटा शाखा कार्यालय तथा १ सय ८ वटा उपशाखा कार्यालयमार्फतसेवा दिँदै आएको छ । आगामी दिनमा स्थानीय स्तरबाट बीमा सेवा दिँदै अघि बढ्ने लक्ष्य कम्पनीले लिएको छ । सभाले स्वतन्त्र विज्ञ संचालकमा नितु कयाललाई नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*