नेपाल लाइफको ४६ हजार १३८ कित्ता संस्थापक शेयर लिलामीमा

२६ श्रावण २०७८, मंगलवार १२:२४

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहतर्फको ४६ हजार १३८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका संस्थापक शेयरधनिहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न आवेदन दिए बमोजिम सञ्चालक समितिको बैंठकले उक्त संस्थापक शेयर बिक्री गर्न अनुमति दिएको हो ।

संस्थापक शेयरधनी राजकुमार मोरको नाममा रहेको ५ हजार कित्ता, रोशनी मैया धौबन्जारको नाममा रहेको १५ हजार ५६९ कित्ता, दिपेश बहादुर धौबन्जारको नाममा रहेको १५ हजार ५६९ कित्ता र दिनेश अर्यालको नाममा रहेको १० हजार कित्ता गरी कुल ४६ हजार १३८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

साबितका संस्थापक शेयरधनिहरुले उक्त शेयर खरिद गर्न चाहेमा सूचना प्रकाशित मितिले ३५ दिन भित्र नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रिय कार्यालय कमलादी काठमाडौँमा निवेदन पेश गर्न सक्नेछन् ।

तोकिएको समयभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त संस्थापक शेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री प्रक्रिया अगाडि बढाइने कम्पनीले जानकारी गराएको छ ।

One thought on “नेपाल लाइफको ४६ हजार १३८ कित्ता संस्थापक शेयर लिलामीमा

  1. राम बहादुर राना says:

    पर्ति कित्ता कतिका दरले होला।र कति देखि कति कित्ता किन्न सकिन्छ होला।

Leave a Reply to राम बहादुर राना Cancel reply

Your email address will not be published. Required fields are marked *


*