जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स लाग्यो सकारात्मक सर्किट, खरिदकर्ताको चाप बिक्रीकर्ता शून्य
काठमाडौं । जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। बीमा पोष्टले यो समाचार तयार पार्दासम्म कम्पनीको दुई कम्पनीको शेयरमा मात्र सकारात्मक सर्किट लागेको छ । दुबै कम्पनीको शेयरमा खरिदकर्ताको चाप बढेपनि बिक्रीकर्ता भने शून्य देखिएको छ।
जीवन विकास लघुवित्तको शेयरमूल्य प्रतिकित्ता २२ सय ५ रुपैयाँ रुपैयाँ रहेको भने यूनियन लाइफको शेयरमूल्य प्रतिकित्ता ७ सय ६ रुपैयाँ ४० पैसा पुगेको छ। जीवन विकास लघुवित्त मार्केट डेप्थमा खरीद माग ३ लाख ५० हजार ४०७ कित्ता छ भने विक्री शून्य रहेको छ ।यूनियन लाइफ मार्केट डेप्थमा खरीद माग ४ लाख ५३ हजार १५३ कित्ता छ भने विक्री शून्य रहेको छ ।