ओरिएण्टल इन्स्योरेन्सको नविकरण बीमा शुल्क अब खल्तीबाटै भुक्तानी गर्न सकिने
काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क अब खल्तीबाटै तिर्न सकिने भएको छ । यो सुविधासँगै ओरिएण्टल इन्स्योरेन्सका ग्राहकले नविकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न पाउनेछन् ।
खल्तीबाटबीमा शुल्क तिर्न शुरूमा खल्ती एप लगइन गरेर र इन्स्योरेन्स आइकनमा क्लिक गनुपर्ने हुन्छ । त्यसपश्चात् अनलाईनमार्फत नै भुक्तानी गर्न पाईन्छ।
५ हजार रूपैयाँ माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्ने कम्पनीले जनाएको छ।