आइएमई लाइफद्धारा बीमा दाबी भुक्तानी

२७ श्रावण २०७८, बुधबार १७:४१

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले घातक रोग बापतको बीमा दाबी रकम भुक्तानी गरेको हो ।

कम्पनीको हेटौडा शाखा कार्यालयबाट घातक बीमा योजना खरिद गरेका बीमित हिमाल पौडेलाई कम्पनीले घातक रोगको बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।पौडेलले २०७६ माघ २९ गते कम्पनीको हेटौडा शाखाबाट उक्त योजना लिएका थिए ।

उनले पच्च्सि लाख रुपैंया बराबरको बीमा गरेका थिए । बीमा गरेको करिब १४ महिनाको अवधिमा नै पौडेललाई क्यान्सर प्रमाणित भएको थियो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरु विरुद्ध रक्षावरण हुने बीमालेख योजना ल्याएसंगै सो दाबी भुक्तानी गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*