एलआईसी नेपालद्वारा मृत्यु बीमा दाबी भुक्तानी

२८ श्रावण २०७८, बिहीबार १४:१७

काठमाडौं । एलआईसी नेपालको धनगढी शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले मृतकको श्रीमती पुष्पा कुमारी चौधरीलाई शाखा कार्यलयमा एक कार्यक्रम बीच शाखा प्रबन्धक कृष्ण भट्टद्वारा अभिकर्ता र कर्मचारीको उपस्थितिमा मृत्यु दाबीको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीले दुर्घटनामा जीवन गुमाएका एक युवकको आश्रित परिवारलाई ८२ लाख पाँच हजार छ सय रुपैयाँ दावी भुक्तानी गरेको छ ।कम्पनीमा ३ वर्षअघि जीवन बीमा गराएका धनगढी–९ का खगेन्द्र चौधरीको गत फागुन ८ गते मोटरसाइकल दुर्घतटनामा निधन भएको थियो । कम्पनीले बीमितकी हकवाला श्रीमती पुष्पा चौधरीलाई कूल पाउने रकममा निजले कम्पनीबाट लिएको ऋण कट्टा गरी बाँकी रहन आएको ७२ लाख ६३ हजार १७३ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*