युनाइटेड इन्स्योरेन्सको नाफा ३३० प्रतिशतले बृद्धि, अर्बमाथिको बीमा कारोबार

२९ श्रावण २०७८, शुक्रबार ०८:३४

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को गत आर्थिक वर्षमा मुनाफामा ३३०.३८ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत बार्षिक वित्तीय विवरण अनुसार कम्पनीले सात करोड ७२ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले जम्मा एक करोड ७४ ८० हजार रुपैयाँ मुनाफा आर्जन गरेकोमा गत आवमा तेब्बर भन्दा बढिले बृद्धि गर्न सफल भएको हो ।

कम्पनीको कूल बीमा शुल्क आम्दानी एक अर्ब पाँच करोड ७१ लाख ४४ हजार रुपयाँ छ । अघिल्लो आवको तुलनामा कम्पनीको कूल बीमा शुल्क आम्दानी ५१.२६ प्रतिशतले बृद्धि भएको छ । युनाइटेड इन्स्योरेन्सले ४३ करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.९८ प्रतिशत बढी हो । अघिल्लो आवमा जम्मा ३२ करोड खुद बीमा शुल्क आम्दानी गरेको थियो ।

कम्पनीको खूद दावी भुक्तानी ४१.०३ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा १२ करोड ८७ लाख ५२ हजार रुपैयाँ दावी भुक्तानी गरेकोमा गत आवमा १८ करोड १५ लाख ७९ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।

कम्पनीको व्यवस्थापन खर्च ३३.३० प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा १६ करोड रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले गत आवमा २२ करोड २१ लाख ७३ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

कम्पनीको लगानी तथा अन्यबाट हुने आम्दानी ७१.४२ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा जम्मा नौ करोड ८४ लाख आम्दानी गरेको कम्पनीले गत आवमा १६ करोड ८७ लाख ८७ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

युनाइटेड इन्स्योरेन्सको बीमा कोष १२.७० प्रतिशतले बृद्धि भई २९ करोड ६१ लाख ७८ हजार रुपैयाँबाट ३३ करोड ३७ लाख ९४ हजार पुगेको छ । कम्पनीको समग्र कोषको आकार १७.९४ प्रतिशतले बृद्धि भई ४४ करोड ४४ लाख २८ हजार पुगेको छ । कम्पनीको महाविपत्ति कोष रिक्त छ । कोरोना महामारीको दावी भुक्तानीको कारण महाविपत्ति कोष शून्य भएको हो ।
खुद नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी बढेर ७.३२ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात ९७.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २३ पैसा रहेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*