हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको कोषमा झण्डै एक अर्ब संचिती, आम्दानी घट्ना मुनाफा खुम्चियो

२९ श्रावण २०७८, शुक्रबार ०९:१४

काठमाडौं । कोरोना महामारीकै बीचमा बैंकहरुले घटाएको ब्याज दरको प्रभाव हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा परेको छ । कम्पनीले महामारीकै बीचमा औसत बीमा व्यवसाय गरेको भएपनि पुरानो कम्पनीमा ठूलो मात्रामा संचिती भएको बीमा कोषको रकममा प्राप्त हुने ब्याज आम्दानी घट्ना मुनाफा १० प्रतिशतले खुम्चिन पुगेको छ ।

आज प्रकाशित गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा १७ करोड ३५ लाख ३७ हजारबाट १५ करोड ५५ लाख ६६ हजारमा सीमित भएको छ । कम्पनीको आम्दानी घटेका कारण मुनाफा खुम्चिएको हो । कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आयमा १७.७० प्रतिशतले गिरावट आएको छ । गत आवमा १८ करोड ८१ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आवमा जम्मा १५ करोड ४८ लाख ८० हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको व्यवस्थापन खर्च केही बृद्धि भएको छ । गत आवको अघिल्लो समीक्षा अवधीमा १५ करोड २५ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले गत आवमा १६ करोड ६५ लाख ८६ हजार रुपैयाँ खर्च गरेको छ । जुन ९.२४ प्रतिशतले बढि हो ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी ३.९७ प्रतिशतले घटेको छ । अघिल्लो आवमा २६ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको कम्पनीको गत आवमा आर्जित खुद बीमा शुल्क २५ करोड नौ लाख २० हजार रुपैयाँ छ । कम्पनले कूद बीमा शुल्क आम्दानी एक अर्ब ३० करोड ६९ लाख ६७ हजार रुपैयाँ छ । जुन अघिल्लो आवको तुलनामा ६.४७ प्रतिशतले घटी हो । अधिंकाश सूचांकहरु ऋणात्मक देखिएपनि कम्पनीको दावी भुक्तानी समेत घट्नुले हिमालयन जनरल इन्स्योरेन्स कम्पनी खराव व्यवसाय हटाउने रणनीतिमा रहेको प्रष्ट भएको छ । अघिल्लो आवमा कम्पनीले १३ करोड ५३ लाख २५ हजार रुपैयाँ दावी भुक्तानी गरेकोमा गत आवमा १२ करोड ३६ हजार रुपैयाँ मात्रै छ ।

समीक्षा अवधीमा कम्पनीको बीमा पोलिसी संख्या भने २७.०३ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा ५९ हजार ५८४ वटा बीमा पोलिसी कायम रहेकोमा गत आवमा ७६ हजार ६८७ वटा पोलिसी कायम रहेको आज प्रकाशित वित्तीय विवरणमा औल्याइएको छ ।

समीक्षा अवधीमा कम्पनीको कोषको आकार १५.१७ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको बीमा कोषमा जम्मा ५६ करोड १९ लाख ३४ हजार रुपैयाँमा रहेकोमा गत आवमा १३.८४ प्रतिशतले बृद्धि गरी ६३ करोड ९७ लाख १८ हजार पुर्याउन सफल भएको छ । त्यस्तै, जगेडा कोष २२.७५ प्रतिशतले बृद्धि गरी २० करोड १० लाखबाट २४ करोड ६७ लाख ९० हजार पुर्याउन सफल भएको छ । कम्पनीको कोषमा जम्मा ९३ करोड ७६ लाख ६५ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ । चुक्ता पुँजि एक अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीसँग चुक्ता पुँजि हाराहारीकै कोष रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १४.१४ रुपैयाँ, पिई अनुपात ५४.३२, प्रतिशेयर नेटवर्थ १८५.२२ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २५३.४७ रुपैयाँ र तरलता अनुपात ३.६३ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*