२५ अर्ब थप गर्दै नेपाल लाइफले बनायो एक खर्ब १२ अर्बको जीवन बीमा कोष, व्यवस्थापन खर्च घट्दा बोनसदर बढ्ने आशा

२९ श्रावण २०७८, शुक्रबार ११:२४

काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफले जीवन बीमा कोषमा गत आर्थिक वर्षमा मात्रै २५ अर्ब ४९ अर्ब योगदान गर्दै कूल एक खर्ब १२ अर्ब ५१ करोड २९ लाख ३४ हजार १०० रुपैयाँको भिमकाय कोष बनाउन सफल भएको छ । गत आर्थिक वर्षको वित्तीय विवरण आज प्रकाशित गर्दै कम्पनीले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरणमा सबै सूचांकमा उच्च अंकको बृद्धि भएको देखिएको छ ।

गत आवको पछिल्लो समीक्षा अवधीको तुलनामा कम्पनीको जीवन बीमा कोष २९.२९ प्रतिशतले बृद्धि गर्न सफल भएको छगत आवको पछिल्लो समीक्षा अवधीको तुलनामा कम्पनीको जीवन बीमा कोष २९.२९ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।
कम्पनीको जगेडा कोषमा एक अर्ब छ करोड ६३ लाख ४६ हजार ३१३ रुपैयाँ र महाविपत्ति कोषमा ५८ करोड ८९ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । कम्पनीको तीन वटै कोषको आकार एक खर्ब १४ अर्ब ११ करोड ८१ लाख रुपैयाँको बनाउन सफल भएको छ । जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष सहितका कोषहरु नै महत्वपूर्ण हुन्छन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आवमा ३१ अर्ब ९६ करोड ९३ लाख ८९ हजार ४३१ रुपैयाँ खूद बीमा शुल्क आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क आय १६.९३ प्रतिशतले बृद्धि भएको छ । गत आवमा जम्मा २७ ३४ करोड खुद बीमा शुल्क आम्दानी गरेको थियो ।

कम्पनीको दावी भुक्तानी ४६.९६ प्रतिशतले बृद्धि गरी आठ अर्ब ७८ करोड चार लाख ८१ हजार २३४ पुगेको छ । अघिल्लो आवमा जम्मा पाँच अर्ब ९७ करोड रुपैयाँ थियो ।

कम्पनीको लगानी, कर्जा र अन्यबाट हुने आयमा ३२.८३ प्रतिशतले बृद्धि भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आवमा छ अर्ब ३८ करोड ७९ लाख आठ हजार ५०१ रुपैयाँ आम्दानी गरेकोमा गत आवमा आठ अर्ब ४८ करोड ५२ लाख ४८ हजार रुपैयाँ गर्न सफल भएको छ । आम्दानी बृद्धिसँगै जीवन बीमा कोष र मुनाफा दुवै थप सशक्त हुन पुगेका छन् ।

कम्पनीको व्यवस्थापन खर्च घटेको छ । अघिल्लो आवको तुलनामा व्यवस्थापन खर्च १.८६ प्रतिशत घटेर दुई अर्ब ४८ करोड ५१ लाख ५३ हजारबाट दुई अर्ब ४३ करोड ८९ लाख ५३ हजारमा झरेको छ । व्यवस्थापन खर्च घट्ना मुनाफा जीवन बीमा कोष दुवै बृद्धिमा भूमिका खेलेको छ । कम्पनीको व्यवस्थापन खर्च घटेका कारण बोनस दर बृद्धि हुनसक्ने आशा पलाएको छ । यद्यपि बोनस दरको लागि बीमाङ्कीय मूल्याङ्कन अनिवार्य भएकोले अहिले नै एकिन बृद्धि हुने प्रक्षेपण गर्न सकिदैन ।

कम्पनीले अभिकर्तालाई तीन अर्ब ५५ करोड ५३ लाख आठठ हजार ८८९ रुपैयाँ कमिशनबापत मात्रै वितरण गरेको छ । अघिल्लो वर्ष कम्पनीले तीन अर्ब १४ करोड ४३ लाख ८४ हजार ६८० रुपैयाँ कमिशन बापत वितरण गरेको थियो ।
कम्पनीको खुद नाफा सामान्य अंकले बढेको छ । गत आवको पछिल्लो समीक्षा अवधीमा ५३ करोड तीन लाख ७९ हजार रुपैयाँँ खुद नाफा आर्जन गरेको कम्पनीले गत आवमा ५३ करोड ५९ लाख ४३ हजार ४२८ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको नाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।

कम्पनीको बीमा पोलिसी संख्या सामान्य अंकले बृद्धि हुँदै १३ लाख ७० हजारबाट १३६ बाट १३ लाख ८१ हजार ४३३ पुगेको छ । कम्पनीको बक्यौता दावी भुक्तानी रकम दुई अर्ब ५५ करोड ५१ लाख ९० हजार रुपैयाँ रहेको छ । गत आवमा यस्तो दावी भुक्तानी बक्यौता एक अर्ब ६१ करोड थियो ।

समीक्षा अवधीमा कम्पनी प्रतिशेयर आम्दानी ७.४४ रुपैयाँ रहेको छ भने पिई अनुपात २५७.८०, प्रतिशेयर नेटवर्थ १२२.३०, र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १७८४ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*