भोलि बिहान ११ बजे सानिमा लाइफको आइपीओ बाँडफाँड हुँदै

२९ श्रावण २०७८, शुक्रबार १३:१९

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ भोलि बाँडफाँड हुँदैछ । प्रभु क्यापिटलका अनुसार भोलि ११ बजे सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको दरबारमार्गस्थित कार्यालयमा बाँडफाँड कार्यक्रम हुने जनाएको छ।

साउन २० गतेदेखि सर्वसाधारणका लागि बिक्रिमा ल्याएको कम्पनीको आइपीओमा २४ लाख बढीले आवेदन दिएका छन् । कम्पनीले निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन ल्याएको थियो ।
सर्वसाधारणलाई ल्याएको शेयरको बाँडफाँड भोलि हुने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*