प्रभु लाइफ इन्स्योरेन्सको बीमाशुल्क २० प्रतिशतले बढ्यो, खुद नाफामा आयो उल्लेख्य सुधार

२९ श्रावण २०७८, शुक्रबार १४:१८

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्ममा कुल बीमाशुल्क आर्जन २० प्रतिशतले बढाउन सफल भएको छ।
अघिल्लो आर्थिक बर्षमा १ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक बर्षमा २१ दशमलव ५९ अंकले वृद्धि गरेर १ अर्ब ४५ करोड रुपैयाँ पुराउन सफल भएको छ। कम्पनीले खुद बीमाशुल्क आर्जन २१ प्रतिशतले वृद्धि गरेर गत आर्थिक बर्षमा १ अर्ब ४० करोड रुपैयाँ पुराएको छ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा गत आर्थिक बर्षको अन्त्यसम्ममा कम्पनीले आफनो नाफा २८३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।अघिल्लो आर्थिक बर्षमा ४ करोड ४४ लाख रुपैयाँ मुृृनाफा आर्जन गरेको कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्मममा आफनो नाफामा उल्लेन्यि सुधार गरेर १७ करोड ६ लाख रुपैयाँ पुराएको छ । कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्ममा १ लाख ३३ हजार ८ सय ९३ बीमा पोलिसी बिक्रि गर्न सफल भएको छ ।

त्यस्तै, कम्पनीले अभिकर्ता कमीशनवापतको रकम समेत ३९ प्रतिशतले वृद्धि गरेर २२ करोड २१ लाख रुपैयाँ कमीशन अभिकर्ताहरुलाई दिएको छ।कम्पनीको गत आर्थिक बर्षको अन्त्यसम्ममा आफनो चुक्ता पुँजी समेत ४२ प्रतिशतले वृद्धि गरेर २ अर्ब रुपैयाँ पुराउन सफल भएको छ। कम्पनीको जगेडा कोष १६५ प्रतिशतले वृद्धि भएर ३९ करोड ५५ लाख रुपैयाँ रहेको छ भने कम्पनीको जीवन बीमाकोषमा १ अर्ब ९४ करोड रुपैयाँ, महा विपत्ति कोषमा २ करोड ९० लाख रुपैयाँ संचित रहेको छ।
कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२१ दशमलव २३ पैसा रहेको छ।

त्यस्तै, पि.ई अनुपात ८८ दशमलव ३८ रहेको छ भने प्रतिशेयर कुल सम्पती कुल मूल्य २१८ दशमलव २३ रहेको छ। कम्पनीले बीमाङ्न मूल्याङ्कन पश्चात् प्राप्त हुने मुनाफा समायोजन गर्दा वित्तीय अनपातहरु फरक पनि पर्ने सक्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*