सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ८१ प्रतिशतले बढ्यो, अन्य सूचकमा सकारात्मक सुधार

३१ श्रावण २०७८, आईतवार ०९:३९

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको अन्तयसम्मा आइपुग्दा अधिंकाश सूचकमा प्रगति गर्न सफल भएको छ ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष ११७.८३ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले आज प्रकाशन गरेको गत आवको बार्षिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा कम्पनीको खुद बीमा शुल्क आयको तुलनामा डेढ गुणाले जीवन बीमा कोष बृद्धि भएको हो । कम्पनीको जीवन बीमा कोष एक खर्ब ६३ करोडबाट बढेर तीन अर्ब ५७ करोड आठ लाख ७९ हजार पुगेको छ ।

सिटिजन लाइफको जीवन जगेडा कोष तथा महाविपत्ति कोषमा आएको क्रमशः २७.९९ र २८.२६ प्रतिशतले बृद्धि भएको छ । कूल कोषको आकार चार अर्ब ४२ करोड ९४ लाख ९५ हजार पुगेको छ । कम्पनीको समग्र कोषको आकार ९१.७६ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा खुद बीमा शुल्क आर्जन ८१ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षमा १ अर्ब ८८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्ममा ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

यस त्रैमासको अवधिसम्ममा कम्पनीको अभिकर्ता कमीशन ७५ प्रतिशतले वृद्धि भई अभिकर्ताहरुले ६२ करोड ९४ लाख रुपैयाँ अभिकर्ता कमीशन पाउन सफल भएका छन् । कम्पनीले यस त्रैमासको अवधिसम्मा २ लाख ४ हजार ३ सय ७२ वटा बीमालेख जारी गरी ३ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ भने जगेडा कोषमा ७७ करोड रुपैयाँ र जीवन बीमा कोषमा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*