सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन बढ्यो, नाफा घट्यो

३१ श्रावण २०७८, आईतवार १५:५२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत चौथौ त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क आर्जनमा सुधार आएपनि कम्पनीको खुद नाफामा भने गिरावट आएको छ ।

कम्पनीको खुद बीमाशुल्क आर्जन अघिल्लो आर्थिक बर्षको तुलनामा ७७ दशमलव ०४ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा १ अर्ब ९० करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

अघिल्लो आ.वमा ११ करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्षमा १० करोड ६० लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको खुद नाफा ७ दशमलव १५ प्रतिशतले घटेको हो ।

कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २४ करोड ६२ लाख रुपैयाँ मात्र संचिती रहेको थियो । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने तयारीमा रहेको छ । आइपीओ निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीको जीवन बीमा कोषमा १ करोड २५ लाख रुपैयाँ र जगेडा कोषमा ३४ करोड १७ लाख रुपैयाँ र जीवन बीमा कोषमा २ अर्ब ३९ करोड रुपैयाँ रकम संचित रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*