बीरेन्द्र वैदावर सिद्धार्थ इन्स्योरेन्समा दोस्रो पटक सिईओ बन्दै, बीमा समितिबाट पाए अनुमति, भदौं ४ गतेदेखि कार्यभार सम्हाल्ने

१ भाद्र २०७८, मंगलवार १३:३८

काठमाडौं । बीमा समितिले सिद्धार्थ इन्स्योरेन्स कम्पनीका सिईओ बीरेन्द्र बैदवार क्षेत्रीलाई दोस्रो कार्यकालको लागि अनुमति दिएको छ । बीमा समिति स्रोतका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सिईओ नियुक्ती सम्बन्धी फाइल हिजो सदर भएको हो ।

समितिले हिजो बैदवार क्षेत्रीलाई सिईओ पदमा आगामी चार वर्षका लागि नियुक्ती गर्ने सम्बन्धी सिद्धार्थ इन्स्योरेन्स कम्पनीको निर्णय गरी पठाएको फाइललाई स्वीकृत गरेको हो । अब सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सञ्चालकले सिईओ नियुक्ती गर्ने निर्णय गरेपछि सो सम्बन्धी प्रक्रिया पुरा हुनेछ ।

बैदवारले भदौं ४ गतेबाट कार्यभार सम्हाल्नेछन् । लामो समय सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा कार्यरत वैदवारको पहिलो कार्यकाल सफलतापूर्वक यही भदौं ३ गतेबाट सकिदैछ । कार्यकाल सकिनु अघि नै दोस्रो कार्यकालका लागि सिफारिस भएका थिए ।
उनले आफ्नो कार्यकालमा प्रतिस्पर्धी कम्पनीलाई चुनौति दिन सफल भई कम्पनीलाई राम्रो गतिमा अघि बढाउन सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*