राष्ट्रिय बीमा संस्थाको नविकरण बीमाशुल्क कनेक्ट आइपिएस मार्फत भुक्तानी गर्न सकिने

२ भाद्र २०७८, बुधबार १७:१९

काठमाडौं । राष्ट्रिय बीमा संस्थाले कनेक्ट आइपिएस मार्फत प्रिमियम भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ । कम्पनीले नविकरण बीमाशुल्क आर्जन कनेक्ट आइपिएस मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको हो । संस्थाले एक कार्यक्रमका बीच उक्त डिजिटल भुक्तानीको शुभारम्भ गरेको हो ।

उक्त सम्झौतापत्रमा संस्थानका प्रशासक कवि पाठक सहित कनेक्ट आइएपिएसका प्रमुख कार्यकारी अधिकृत निलेसमान प्रधानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । पहिलो चरणमा नविकरण बीमाशुल्क मात्रै अनलाईन मार्फत भुक्तानी हुने व्यवस्था गरेको केहि दिन पश्चात् प्रथम बीमाशुल्क र दाबी भुक्तानी पनि अनलाईन मार्फत नै भुक्तानी गर्ने सुविधा ल्याउने तयारी भईरहेको संस्थानका प्रशासक कबि पाठकले जानकारी गराएको छ ।

संस्थानले आगामी दिनमा पनि ग्राहकहरुको थप सुविधालाई मध्यनजर गर्दै यस्तो सुविधा थप गर्दे जाने जानकारी दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*